दफा १२
निवेदन उपर जाँचबुझ
(१) दफा ११ बमोजिम निवेदन परेमा आयोगले निवेदन साथ पेश गर्नु पर्ने आवश्यक कागजात तथा विवरण पेश गरे नगरेको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँचबुझ गर्दा निवेदकले पेश गर्नु पर्ने कुनै कागजात वा विवरण पेश गरेको रहेनछ भने त्यस्तो कागजात वा विवरण पेश गर्न आयोगले निवेदकलाई मनासिब अवधि तोकी निवेदन दर्ता भएको मितिले पन्ध्र दिनभित्र सो कुराको सूचना दिनु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै कागजात वा विवरण पेश गर्न आयोगले अवधि तोकि सूचना दिएकोमा जुन मितिमा त्यस्तो कागजात वा विवरण प्राप्त हुन आउँछ सोही मितिलाई निवेदन परेको मिति मानिनेछ ।
(४) उपदफा (१) बमोजिम निवेदन जाँचबुझ गर्दा निवेदकले प्रस्ताव गरेको महसुल परिवर्तन गर्न आवश्यक नदेखिएमा वा महसुल परिवर्तन गर्नु पर्ने आधार मनासिब नभएमा निवेदन परेको मितिले साठी दिनभित्र सम्बन्धित निवेदकलाई सोको कारण खुलाई जानकारी दिनु पर्नेछ ।